१४ बैशाख २०८१, शुक्रबार 1714147513
Uncategorized

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बुटवल – बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करीब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।

बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाकएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।