२० बैशाख २०८१, बिहीबार 1714670744
Uncategorized

ठगी गर्ने सहकारीलाई कारबाही गर्छौँ:मन्त्री चौधरी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीहरूलार्ई कानुनानुसार कारबाही गरिने बताएकी छन् ।

राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

उनले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ गरिब परिचयपत्र वितरण कार्य सकिएको जानकारी गराइन् ।

१५ जिल्लामा गुनासो सुनुवाइको कार्य जारी रहेको र १३ जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।
‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।

मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको छ,’ उनले भनिन्, ‘आर्थिक वर्ष २०८०र८१ भित्र सबै जिल्लामा गरी गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

Tags :