२५ बैशाख २०८१, मंगलवार 1715112676
Uncategorized

भाइले गरे आफ्नै दाइको हत्या

काठमाडौं । काठमाडौं ओमबहामा भाइले आफ्नै दाइको हत्या गरेका छन् ।

प्रहरीका अनुसार ओमबहालस्थित माथेमा चोकमा गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले भाइले खुकुरी प्रहार गरी ४५ वर्षीय दाजु सूर्य शाक्यको हत्या गरेका हुन् ।

दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।

Tags :