२६ बैशाख २०८१, बुधबार 1715188731
खेलकुद

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान छिट्टै बन्छ : मेयर रेणु दाहाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ भन्ने आश्वासन दिएकी छन् । आज कीर्तिपुरस्थित क्रिकेट मैदनमा नेपाल र युएईको खेल हुनेबेला पुगेकी दाहाललाई खेलाडीहरुले स्टेडियम कहिले बन्छ भनेर प्रश्न गरेका थिए।

दाहालले पछि फेसबुकमा लेखेकी छन्, ‘ढुक्क हुनुस् भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’