१४ बैशाख २०८१, शुक्रबार 1714168251
राजनीति

उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ। उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ। शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन्।

प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्। तर, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ।