११ जेष्ठ २०८१, शुक्रबार 1716566504
Banner

सांसद पदको शपथ ग्रहण गर्दै सुहाङ

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । गत वैशाख १५ मा इलाम–२ को उपनिर्वाचनबाट नेकपा एमालेका उमेदवार नेम्वाङ निर्वाचित भएका थिए ।