२५ बैशाख २०८१, मंगलवार 1715110990
प्रदेश

गण्डकीमा फागुन ४ गते सरकार स्थापना दिवस मनाइने

पर्वत । ​सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार २०७८ सालको चैत १८ गते तत्कालीन मन्त्रिपरिषद्ले फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गण्डकी प्रदेश सरकारले यो बाहेक अन्य तीन दिनका लागि पनि बिदाको घोषणा गरेको छ।

प्रदेश सरकारले आगामी चैत १५ गते चैते दसैँको अवसरमा पनि बिदा दिएको छ।