१४ बैशाख २०८१, शुक्रबार 1714171621
विश्व

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउने

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्।

सोमबार बिहान साढे १० मा काठमाडौँ उत्रने विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन्।