४ जेष्ठ २०८१, शुक्रबार 1715937538
कला/साहित्य

रवीना देशराजले सार्वजनिक गरिन् प्रेमी

काठमाडौं । सेलिब्रेटी बैंकर रवीना देशराज श्रेष्ठले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । रविनाले इन्स्टामार्फत् आफ्नो प्रेमी खुलाएकी हुन् ।

दुईजनाको सँगैको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खा र ब्रह्माण्डको आशीर्वादले मैले दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’

उनले आफूले यतिका वर्ष प्रार्थना गरेको व्यक्ति उनी नै भएको पनि उल्लेख गरेकी छन् । रविनाले प्रेमी र आफुलाई आर्शिवाद दिन पनि भनेकी छन ।