४ जेष्ठ २०८१, शुक्रबार 1715937613
कला/साहित्य

शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

लेखनाथ – कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो ।

जन्मजयन्तीका अवसरमा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुको साथै कवितावाचन र लेखनाथले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रम गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताउनुभयो । “लेखनाथ पौड्याल नेपाली भाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा प्रख्यात हुनुहुन्थ्यो”, नेता अधिकारीले भन्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने कविको रुपमा चिनिने गरेको बताउनुभयो । लेखनाथका हरेक कविताले प्रज्ञाको ज्योति जगाउँनुको साथै आनन्द दिलाउँने खालका रहेको उहाँको भनाइ थियो ।