२५ बैशाख २०८१, मंगलवार 1715127632
Banner

दोलखामा एमालेको अग्रता कायमै, बालकृष्ण शिवाकोटी १ हजार २१३ मतले अगाडि

दोलखा – प्रतिनिधि सभातर्फ दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार शिवाकोटीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीसँग अग्रता कायमै राख्नुभएको हो । 

पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १८ हजार ७७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १७ हजार ६६० मत पाउनुभएको छ । उहाँहरूबीचको मतान्तर १ हजार २१३ छ । अहिले बैतेश्वरको मतगणना जारी छ।