२५ बैशाख २०८१, मंगलवार 1715137058
Banner

दोलखामा सत्ता गठबन्धन ८०९ मतले अगाडि

काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

हालसम्म १२ हजार आठ सय मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले ८ हजार ४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ७ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।