२५ बैशाख २०८१, मंगलवार 1715091674
Banner

हप्ताका तस्विरहरु (फोटो फिचर)

काठमाडौं । राससले यो साता खिचेका महत्वपुर्ण तस्विरहरु

भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्ने कोही नपाएपछि आफैँले जोत्नु परेको हो ।
बुटवल–१३ का हरिप्रसाद खनालको निधन भएपछि किरियापुत्री बसेका छोरीहरु २० वर्षीया भावना र २२ वर्षीया विद्या खनाल ।
डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरुले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू (मचान)
भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२, पिठौली गैरीगाँउका थारू समुदायका मानिसहरु कुलोमा माछा मार्दै । खेतीपाती थन्काएपछि फुर्सदको समयमा यस समुदायका महिला,पुरुष माछा मार्ने गर्छन् ।
तनहुँको ऋषिङ गाउँपालिका–२ मा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय महिला । तस्विर रासस