२५ बैशाख २०८१, मंगलवार 1715114135
Banner

नागरिकता विधेयकको विरोध गर्दै प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गर्नेहरु पक्राउ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रधानमन्त्री देउवा सहभागी एक कार्यक्रममा उनीविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी कार्यालयका प्रमुख भरतबहादुर बोहराले पक्राउ परेका तीनै जनालाई मालिगाउँ प्रहरी वृत्तमा राखिएको जानकारी दिए । भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादीमा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले नागरिकता विधेयकको विरोध गर्दै प्ले कार्डसमेत देखाएका थिए ।