१४ बैशाख २०८१, शुक्रबार 1714170465
Banner

 ५६८ जनामा कोरोना पुष्टि, एक जनाको मत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।