२५ बैशाख २०८१, मंगलवार 1715108736
Banner

स्थानीयले फोहोर फाल्न नदिएपछि बञ्चरेडाँडामा झडप, अवस्था तनावपूर्ण

काठमाडौं । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।

बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ।

अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्।

स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले पनि बल प्रयोग गरेको उनले बताए। काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।