६ जेष्ठ २०८१, आईतवार 1716149138
Banner

जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनुपर्छ : सचिव अर्याल

काठमाडौं – नेकपा एमालेका सचिव पद्‍मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनु पर्ने बताउनु भएको छ ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै सचिव अर्यालले महाअभियोग प्रस्ताव छलफल नगरी राख्न नहुने बताउनुभयो ।

महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाई त पूरा गर्नुपर्छ । मान्छेको जीवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? त्यसैले कि दर्ता गर्नु हुन्थेन ।

सचिव अर्याल भन्नुहुन्छ, ‘महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाई त पूरा गर्नुपर्छ । मान्छेको जीवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? त्यसैले कि दर्ता गर्नु हुन्थेन ।’

सचिव अर्यालले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव पारित गर्न नभई आफ्नो उद्देश्य पूरा गर्न मात्र ल्याएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी नेकपा एमालेले त त्यतिबेलै भनेका थियौं । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पूरा गर्नका निम्ति मात्रै ल्याएको हो, त्यो कुरा आज पुष्टि भएको छ ।’