२६ बैशाख २०८१, बुधबार 1715222118
Uncategorized

संघीय संसद राष्ट्रिय सभाको भोलि बस्ने भनिएको बैठक अनिश्चित कालका लागि स्थगित

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको भोलि बस्ने भनिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै भोलि बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस स्थगित भएको जानकारी गराउनु भएको हो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।