१२ बैशाख २०८१, बुधबार 1713953449
Uncategorized

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको उल्लेख गर्नुभएको छ ।

‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन’, उहाँले लेख्नुभएको छ, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’ यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई पनि कोरोना संक्रमण भइसकेको छ ।