६ जेष्ठ २०८१, आईतवार 1716183463
राजनीति

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौँ, २६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुग्नुभएको छ ।

आज बिहानदेखि उहाँको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।