१४ बैशाख २०८१, शुक्रबार 1714177879
पालिका

महिलामैत्री पाटीको दर्जामा एमाले पाटी रहन सफल

विराटनगर – एमालेले प्रदेश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिलामैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अबस्था आएको भन्दै अन्य पार्टीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न थालेका छन् ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका प्रचार बिभाग प्रमुख घनश्याम खतिवडाले प्रदेश १ को एक उपमहानगर, तीन नगर र चारवटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको नेतृत्व गर्ने अवसर महिलाले पाएको बताउनु भयो ।

उहाँले झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सुनसरीमा गरी ९ जना महिलाले मेयररअध्यक्षका लागि सिफारिस गरिसकेको जानकारी दिनु भयो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारीले टिकट पाउनु भएको छ । झापामा मात्रै तीनवटा पालिकाको प्रमुखमा महिलाले चुनाव लड्ने अवसर पाएका छन् । दमक नगरपालिकाको मेयरमा गीता अधिकारी, विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरा र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् ।

एमाले प्रदेश कमिटीले मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा यसोदा गिरी र कानेपोखरी गाउँपालिकामा राजमति इङ्नामलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएको जनाइएको छ । त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरको नाम प्रदेश कमिटीबाट पालिका अध्यक्षमा सिफारिस भएको एमाले प्रदेश कमिटी सचिव पाठकले बताउनु भयो ।

मोरङको जहदामा अध्यक्ष सिफारिस हुनु भएका यसोदा गिरीबाहेक आठै जना यसअघि आ–आफ्नो पालिकाहरुमा उपप्रमुख थिए । जहदाको अध्यक्षमा गाउँ कमिटीबाट सर्वसम्मत नाम सिफारिस भएर आएका जयनरथ गिरी सोही पालिकाको ठेक्का पट्टामा संलग्न रहेको भेटिएपछि उहाँकै श्रीमती यसोदालाई अध्यक्षको टिकट पाउनु भएको हो ।

कृष्ण जसपाबाट निर्वाचित भएका जहदाकै वडा नम्बर ४ का वडाध्यक्ष थिए । उहाँ गत भदौमा एमालेमा प्रवेश गर्नु भएको थियो । जहदामा प्रमुख र उपप्रमुख दुवै महिला भएका छन् । उपाध्यक्षमा अनिता सेरेन पहिले नै सर्वसम्मत हुनु भएको थियो ।