७ बैशाख २०८१, शुक्रबार 1713566695
प्रदेश

प्रदेशसभा सदस्यद्वय कुशवाहा र आजादद्वारा राजिनामा

मधेस प्रदेशसभाका दुई प्रदेशसभा सदस्यले राजिनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उहाँहरुले राजिनामा दिनुभएको हो ।

प्रदेशसभा सदस्यद्वय उपेन्द्रप्रसाद कुशवाहा (नेपाली कांग्रेस) र शेखअबुल कलाम आजाद (जनता समाजवादी पार्टी)ले प्रदेशसभा सदस्य पदबाट राजिनामा दिनुभएको हो । कुशवाहाले आज र आजादले शुक्रबार राजिनामा पत्र बुझाएको मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । दुवैको राजिनामा स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । कुशवाहाले सर्लाहीको गोडैता नगरपालिका र आजादले रौतहटको गढीमाई नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिने बताइएको छ । विसं २०७४ मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा कुशवाहा सर्लाही क्षेत्र नम्बर ४ (ख) बाट र आजाद रौतहट क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित हुनुभएको थियो ।