६ बैशाख २०८१, बिहीबार 1713454070
राजनीति

नेपाली कांग्रेसको महानगरपालिकामा टिकट वितरण गर्ने सम्पूर्ण अधिकार देउवालाई सुम्पिएको छ

काठमाडौं ।नेपाली कांग्रेसको महानगरपालिकामा टिकट वितरण गर्ने सन्दर्भमा सभापति देउवा र महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाबीच विवादबढेपछि शेखरको उपस्थिति नै निषेध गर्नेगरी कार्यसम्पादन समितिले देउवालाई अधिकार सुम्पिएको छ।


नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका छन् । घोषणापत्र सार्वजनिक भएपछि बसेको कार्यसम्पादन समितिको बहुमतबाट देउवालाई संसदीय समितिको अधिकार मिलेको हो ।

कार्यसम्पादन समिति सदस्य एनपी साउँदकाअनुसार अब महानगरको उमेदवार देउवाले आवश्यक परामर्श गरेर एक्लै टुंग्याउनेछन् । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले संसदीय समितिको सम्पूर्ण अधिकार देउवालाई सुम्पिएको हो ।