६ जेष्ठ २०८१, आईतवार 1716121837
Banner

जनकपुरमा दिउँसै ८० लाख रुपैयाँ लुटियो

जनकपुरधाम । जनकपुरमा दिउँसै ८० लाख रुपैयाँ लुटिएको छ। जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका १९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो।

शुभ बचत तथा ऋण सहकारी संस्था धनुषाधामका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेर लगिएको रकम लुटिएको बताइएको छ। दिउँसो १ बजे महतो मोटरसाइकलमा जाँदै गरेको समयमा तीन जनाको समूहमा आएको हतियारधारी समूहले पेस्तोल देखाएर लुटेर लगेको हो।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षकसहितको टोली घटनास्थल पुगेको छ। घटना सम्बन्धमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।