१९ बैशाख २०८१, बुधबार 1714620679
समाज

चिया चुनावी सिर्जना अभियान

काठमाडौं । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ सुनसरीले वार्ड नं. ५ स्थित जय नेपाल स्वीट हाउसको खुल्ला सभाकक्षमा आसन्न स्थानीय तहको निर्वाचन लक्षित चिया चुनावी सिर्जनात्मक अभियान आयोजना गरेको छ । एमाले प्रदेश नं. १ संस्कृति विभागको परिकल्पनामा र यस प्रदेशका सबै जिल्ला संस्कृति विभागको समन्वयमा तथा महासंघको अगुवाइ र नेतृत्वमा यस्ता अभियान प्रदेश भरि आयोजना गर्ने लक्ष रहेका जानकारीमा आएको छ । इटहरीमा आयोजित यस अभियानमा विभिन्न विधाका स्रष्टाहरुले चुनावी रोचक घोचक सिर्जना प्रस्तुत गरेको थिए ।

कार्यक्रममा प्रदेश संस्कृति विभाग प्रमुख प्रा.डा. बद्रीविशाल पोखरेलले जनताका घरदैलोमा गएर यस खालका सिर्जनात्मक अभियान सञ्चालन गर्दा चुनावी चेतना बृद्धि हुने बताउँदै र एमालेले राप्रपा लगायत पार्टी सित स्थानीय स्तरमा गरेको गठबन्धन देश,जनताका हितमा रहेको तथ्य सहित उल्लेख गरे । एमालेको गठबन्धन दाहाल नेपाल र देउपा जस्तो नभएको भन्दै महाकालीमा मारिएका जयसिंह धामी प्रकरण, चुच्चे नक्सा बुच्चे प्रकरण, २४ लाख कोरोना खोप हराएको भन्ने सरकार र महाकालीमा भारतले एकतर्फी पक्की बाँध बनाएर नेपालतिर बर्खे भेला लगाइदिने जस्ता चरम र सरम लाग्दो देश र जनघात विरुद्ध एमालेको चुनावी गठबन्धन रहेको सविस्तार उल्लेख गरे । डा. पोखरेलले एमाले पार्टी देश र जनघातीसित गठबन्धन नगर्ने वा चुनावी तालमेल गर्दैन भन्ने बताए । यस्ता कुरामा सबै सर्जकहरु सुस्पष्ट हुनु पर्ने उनले उल्लेख गरे । पार्टी अध्यक्ष ओलीले भनेझैँ झिँगासित कुनै चुनावी तालमेल र गठबन्धन गर्दैन किनभने झिँगाको संगतबाट रछानमा मात्र पुगिन्छ । एमाले महासचिवका अनुसार विखण्डन विरोधी सीके राउत, हत्याहिँसा परित्याग गरेको माओवादी विप्लव र राजतन्त्र विरोधी राप्रपा कमल थापा जनघाती र राष्ट्रघाती भन्दा धेरै असल हुन् । भारत अनुकूलको वा कन्फर्टेवल सरकार र तिनका मतियार दाहाल नेपालको कम्युनिस्ट खोल अरु निर्वस्त्र हुँदै जाने डा. पोखरेलले बताए । कार्यक्रममा डा.पोखरेलले कवितांशबाट कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नाकाबन्दी भन्न नसक्ने तिमी लाचार
नाकाबन्दी बन्द गर्ने ओली सरकार
ओलीका सामु पर्दा मोदी थरर
तिमी चाहिँ मोदी सामु सदा लम्पसार

अर्धऔपचारिक यस कार्यक्रमको अध्यक्षता महासंघकी केन्द्रीय सदस्य बालिका पौडेलले गरेकी थिइन् । अनेम संघ केन्द्रीय सदस्य मिथिला पोखरेलले निर्वाचन केन्द्रित कविता यसरी उल्लेख गरिन् ,
… जन हितका राम्रा काम गर्दा एमाले
शत्रुहरुको घेरामा प¥यो एमाले
कम्युनिस्टको खोल भिरी एमाले मास्न
दाहाल नेपाल लागिपरे जनअधिकार खोस्न

चियाको चुस्कीका साथ सम्पन्न गोष्ठीमा अर्की नेतृ रुक्मणि कोइरालाले कम्युनिस्ट नामका धन्ुधकारीको उछित्तो काड्दै भनिन्,

देश विकास गर्नेलाई खुट्टा तान्न थाल्छन्
चम्किलो सूर्य त्यागी आफ्नै खाल्टो खन्छन् ।

कार्यक्रममा नेकपा एमाले सुनसरी जिल्ला संस्कृति विभाग प्रमुख प्रसिद्ध लोक गायक बालकृष्ण कार्कीले मन्तव्यका क्रममा २०७८ चैत्र १६ गते निर्वाचनमुखी सिर्जना वाचन तथा अभ्यास गोष्ठी गरेको बताउँदै  निर्वाचन एलौ दिदी, निर्वाचन एलौ बहिन, भोट दिए जाए पड्तो, सुरज छापमे बोलको थारु भाषाको कर्णप्रिय  गीत गाएका थिए । यस कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय गणेश खत्रीले बिहानै उठी पूर्वमा हेर्दा घाम लाग्छ झलल,एमालेको चुनाव चिन्ह बल्दछ टलल, बोलको रचना वाचन गरेका थिए भने प्रसिद्ध गीतकार गायत्री लंसालले निम्नलिखित गीत प्रस्तुत गर्दै देश र जनता विरोधी गठबन्धनलाई परास्त गर्नै पर्ने आशयको गीत प्रस्तुत गरेका थिए,    

प्रतिक्रियावादी हरुको गौँडा गौँडा छेक्नु पर्नेछ
हातमा ठेल्ना उठ्नेहरुको इतिहास लेख्नुपर्नेछ

छोटो समयको तयारीमा पनि स्थापित, साधनारत तथा सिर्जनशीलको स्रष्टा र सहभागी गरी ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा एमाले पार्टी प्रदेश सदस्य तथा नेता रामप्रसाद चौलागार्इँ, इटहरी उपमहानगर समिति सचिवालय सदस्य डीबी राई वार्ड नं. ५ का अध्यक्ष दधिराज चुहान आदिले शुभकामना व्यक्त गरेका थिए ।