१३ बैशाख २०८१, बिहीबार 1714069663
Banner

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलको एआईजी पदमा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले वरिष्ठताको आधारमा अर्यालको नाम सिफारिस गरेको हो ।

सो पदमा डीआईजीहरू नारायण दत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशिराज दाहालले आवेदन दिएको भएपनि अर्याल नै वरिष्ठताका आधारमा सिफारिस हुन् । उससँगै उनी भावी आईजीपी बन्ने निश्चित भएको छ ।