१५ बैशाख २०८१, शनिबार 1714259842
Banner

परालले छोपेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि सो प्रहरीले शव फेला परेको हो । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको ५र६ दिन अघि हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ । शवको पहिचान भएको छैन ।