१५ बैशाख २०८१, शनिबार 1714254439
Banner

बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु, ३ जना गम्भिर

 काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अरु दुई जना गम्भीर घाइते छन् ।

रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाएपछि मुठभेठकाे अवस्थामा स्थिति पुगेपछि प्रहरीले गाेली चलाएकाे हाे ।