१५ बैशाख २०८१, शनिबार 1714224761
कला/साहित्य

झापामा महजोडी सम्मानित

झापा- कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय महजोडी पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान-२०८० बाट सम्मानित गरिएको छ । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झापाको विर्तामोडमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो ।

स्वर्गिय टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्ण कुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण-टुङ्ग स्मृति कोषबाट कलाकारिताको माध्यमद्धारा जनचेतनामूलक कार्यक्रम उत्पादन तथा पर्दशन गरेकाले कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो ।

प्रमुख अतिथि भारत कालेबुङ्ग निवासी साहित्यकार चन्द्र किशोर (सिके) श्रेष्ठले मह जोडीलाई सम्मान गरेका थिए ।