१६ बैशाख २०८१, आईतवार 1714303552
पालिका

कागेश्वरी मनोहरा पर्यटन महोत्सव हुँर्दै

काठमाडौं ५ फागुन । धार्मिक, सांस्कृतिक, कृषी, तथा पर्यापर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आगामी फल्गुन ७ गते सोमबार कागेश्वरी मनोहरा नगरपालिकाले १०औ ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सब आयोजना मुल समारोह समितीका सयोजक एबँ कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगर पालिकाको पहिचान नियाल्नका लागी महोत्सबमा जान खुल्ला आब्हवान गर्नु भएको छ । नगर प्रमुख कार्कीका अनुसार यस वर्ष कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ स्थित कागेश्वरीधाममा हुने १०औं महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।


नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरा नगरपालिकालाई सँम्पन्न बनाउन खेलकुद नगरीको रुपमा बिकशित गर्दै लगेको र त्यसका लागी राष्टिय गौरबको मुलपानी क्रिकेट रँगशाला निर्माणाधिन रहेको तथा वडा नन् ७ मा रक्बिको खेल मैदानको डिपीआर तैयार भैसकेको जानकारी दिनुुभयो । साथै नगर प्रमुख कार्कीले बेसबल, बक्सीड., भलिबल लगायतका खेलमैदान बनाउन खेलकुद परिषद सँग समन्वय भैरहेको जानकारी पनि दिनुभयो ।


धार्मिक, पर्यापर्यटन, कृषी, उपत्यकाको दृष्याबलोकन, पदयात्रा र खेलकुदका हिसाबले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी पुरा भैसकेको जानकारी दिदै उहाँले उपस्थितिका लागि सबैसँग अनुरोध गर्नुभयो ।

महोत्सब आयोजक मुल समारोहका सदस्य सचिब मुकुन्द गजुरेलले महोत्सवका अवसरमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवर्द्धननात्मक गतिविधि र उद्यमशीलताको विकास एवं प्रबर्द्धनसँग सम्बन्धित कार्यक्रम हुने जानकारी दिनुभयो ।


कागेश्वरी धामको धार्मिक, ऐतिहाँसिक एबँ पर्यटकिय महत्वका बारेमा कागेश्वरी मन्दिर ब्यबस्थापन समितीका सँयोजक मणिराम अर्यालले जानकारी गराउनु भएको थियो । २०७२ सालदेखि कागेश्वरी महोत्सबको नाममा नियमित हुँदै आइरहेको कार्यक्रमलाई नगरपालिकाले स्वामित्वमा लिदै यस बर्षदेखी कागेश्वरी मनोहरा पर्यटन महोत्सबका रुपमा मनाउन लागेको हो ।