२९ बैशाख २०८१, शनिबार 1715428138
पालिका

तस्विरमा हेर्नुहोस कागेश्वरी मनोहरा पर्यटन महोत्सव

काठमाडौं । धार्मिक, सांस्कृतिक, कृषी, तथा पर्यापर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आगामी फल्गुन ७ गते देखि कागेश्वरी मनोहरा नगरपालिकाले १०औ ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ स्थित कागेश्वरीधाममा आयोजित १०औं महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

महोत्सवमा नगरप्रमुख उपेन्द्र कार्कीले धार्मिक, पर्यापर्यटन, कृषी, उपत्यकाको दृष्याबलोकन, पदयात्रा र खेलकुदका हिसाबले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

२०७२ सालदेखि कागेश्वरी महोत्सबको नाममा नियमित हुँदै आइरहेको कार्यक्रमलाई नगरपालिकाले स्वामित्वमा लिदै यस बर्षदेखी कागेश्वरी मनोहरा पर्यटन महोत्सबका रुपमा मनाएको हो ।