३१ बैशाख २०८१, सोमबार 1715586478
पालिका

बूनपा ६ ले निशुल्क आँखा शिविर सञ्चालन गर्ने

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ ले नि:शुल्क आँखा शिविर तथा रक्क्त अल्पता जाँच गर्ने भएको छ । वडाअध्यक्ष रवि खड्काले आज एक सूचना जारी भएको बताउनुहुँदै खड्का भद्रकाली स्वास्थ्यचौकीको प्रागङ्गणमा यहि पुस १२ गते बिहिबार आँखा तथा रक्क्त अल्पताको जाँच शिविर सञ्चालन हुन लागेको बताउनुभयो । अध्यक्ष खड्काले विहिबार बिहान ९ देखि ३ बजेसम्म वडाबासीलाई आँखा तथा रक्क्त अल्पता शिविरमा सहभागि हुन अनुरोध गर्नुभएको छ ।