८ जेष्ठ २०८१, मंगलवार 1716319021
समाचार

महिलाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याऊँ : मन्त्री चौधरी

काठमाडौँ, ३० वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आज ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरसमेन्ट थु्र डिजिटाइजेशन’ कार्यक्रम सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने कुरामा जोड दिनुभएको हो । पैतृक सम्पत्तिमा महिला र पुरुषको समान हक हुने संविधानमा लेखिए पनि व्यावहारिक पक्ष कमजोर रहेको उहाँले बताउनुभयो । “महिलामा सम्पत्ति माथिको अधिकार विस्तारै बढ्ने क्रममा छ, तर पर्याप्त भएको छैन”, उहाँले भन्नुभयो, “तथ्याङ्क हेर्ने हो भने, नौ प्रतिशतबाट विस्तारै बढ्ने क्रममा छ ।” राष्ट्रिय जनगणनाअनुसार २४ प्रतिशत महिलाको सम्पत्तिमा अधिकार देखिन्छ । अब विस्तारै २६ दशमलव चार प्रतिशत पुग्न लागेको अनुमान रहेको मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले महिलाको आर्थिक उन्नतिले राज्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।