८ जेष्ठ २०८१, मंगलवार 1716300568
Banner

गौशाला नगरपालिकाकी उपमेयर महतो चढ्ने गाडीमा आगजनी

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले चढ्दै आएको सरकारी गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले आइतबार राति उपमेयर महतोले चढ्ने प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । उनको गाडी गौशाला नगरपालिका– १ रामनगरस्थित आफ्नै निवासमा पार्किङ गरी राखिएको थियो ।

प्रहरीकानुसार आगजनीबाट गाडी र पछाडिको भागमा सामान्य क्षति पुगेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।