२६ बैशाख २०८१, बुधबार 1715190466
कला/साहित्य

पोखरामा नाटक ‘एक चिहान’ मञ्चन

कास्की  । पोखरामा नाटक ‘एक चिहान’ मङ्गलवारदेखि मञ्चन सुरु भएको छ । 

विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटक प्रेमी समेतको उपस्थितिमा विशेष शोमार्फत मञ्चन समेत गरिएको थियो  ।  

आगामी पुस ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा निरन्तर मञ्चन हुने बताइएको छ । बुकिङ शो भए पनि हेर्न इच्छुकले व्यक्तिगत रूपमा ती शो मा पुगेर नाटक हेर्न भने पाउनेछन्।

शनिवार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुने पोखरा थिएटरले जनाएको छ । 

नाटक झन्डै १ डेढ घण्टा अवधिको रहेको छ । यो नाटकप्रति विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको आकर्षण रहेको पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले बताउनुभयो ।

‘एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।