१४ बैशाख २०८१, शुक्रबार 1714171789
Banner

राजापुरका मेयर एमालेमा, अध्यक्ष ओलीद्वारा स्वागत

काठमाडौं– रौतहट राजापुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर मोहम्मद साकील अख्तर एमाले प्रवेश गर्नुभएको छ ।

मेयर साकिलसहित दुई वडा अध्यक्ष र एक वडा सदस्य एमाले प्रवेश गर्नुभएको हो । वडा नं ३ का वडाध्यक्ष सलाउद्दिन, वडा नं ९ का वडाध्यक्ष शेख मञ्जीर, वडा नं ३ का सदस्य शेख इम्ताज, काग्रेस जिल्ला कार्यसमिति सदस्य शेख मुबारक बालकोट आएर एमाले प्रवेश गर्नुभयो ।

उहाँहरू सँगै लो स पा केन्द्रीय सदस्य शेख मञ्जुर पनि एमाले प्रवेश गर्नुभयो ।