८ बैशाख २०८१, शनिबार 1713643846
Banner

देश बनाउन प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन दुँनिया षडयन्त्र गरे : अध्यक्ष ओली

काठमाडौं । एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चार सीट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन दुनिया षडयन्त्र गरी बहुमतको दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् रु पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । नेपालले अब तीन सिट ल्याएर देखाउन् ।’

अध्यक्ष ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनु भयो ।