१३ बैशाख २०८१, बिहीबार 1714048808
Banner

मिडियामा सूचना चुहाएको भन्दै राष्ट्र बैंकका कर्मचारीप्रति अर्थमन्त्री आक्रोशित

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाउनु भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाउनु भयो ।

‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्‍याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भन्नुभयो ।

एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा नै सकृय भएको समाचार बाहिर आएपछि अर्थमन्त्री बैंकका कर्मचारीप्रति खनिनु भएको हो । शंकास्पद उक्त रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले खाता रोक्का गरी अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिनु भएको थियो ।