२५ बैशाख २०८१, मंगलवार 1715110695
Banner

रिगललाई पुन: थुनामा राख्न माग गर्दै प्रदर्शन

काठमाडौं । सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन भएको छ ।

महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको अधिकारकर्मीले बताएका छन् । आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।