१७ बैशाख २०८१, सोमबार 1714451970
Banner

डेंगुको संख्या बढ्यो ह्वात्तै

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमितको संख्या बढेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गएको दुई दिनमा १५ बढी सङ्क्रमित भएका छन् ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् ।

सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित छन् ।

स्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ७८५ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ ।

उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ४४५ जना पुगेको छ ।