४ जेष्ठ २०८१, शुक्रबार 1715927569
Banner

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति थप छलफलका लागि बुझाइयो प्रतिवेदन

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा विषयमा थप छलफल गर्न सुझावसहित प्रतिवेदन बुझाएको छ ।

मंगलबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगले समिति सभापति विमला सुवेदीलाई बुझाएको हो ।

उपसमितिका संयोजक ध्रुवबहादुर प्रधानको अनुपस्थितिमा रमेश लेखकले बुझाएको प्रतिवेदनमा मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारीरुपमा क्रूरतापूर्वक (आर्बीट्ररी) गरिएको हत्या वा दोहोरो भिडन्त बाहेक गरिएको हत्या मध्ये कुनलाई समावेश गर्ने विषयमा थप छलफल गर्न निर्देश गरेको छ ।

टीआरसी विधेयकमाथि सहमतिका लागि गत जेठ ५ गते २१ दिनको समय दिएर गठन भएको उपसमितिले पटक पटक म्याद थप्दै छलफल गरेको थियो ।