११ जेष्ठ २०८१, शुक्रबार 1716566469
Banner

सुहाङलाई १८ हजार १९६ मत, कांग्रेस पाँच हजार ८५७ मतले पछाडि

वैशाख । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर पाँच हजार ८५७ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १८ हजार १९६ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ३३६ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार ६७ मत ल्याउनुभएको छ। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।