२५ बैशाख २०८१, मंगलवार 1715125693
Banner

इन्द्रजात्रामा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । सोमवार राति इन्द्रजात्रामा मेलामा भएको हत्याकाण्डमा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले ४ जना आरोपीलाई पक्राउ गरेको छ । उनीहरूलाई मंगलवार पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी २० वर्षीय सोनिया श्रेष्ठ खड्की, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ की २४ वर्षीया भूमि मल्ल र ललितपुरकै गोदावरी–५ का १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।

ओखलढुंगाको लिखुका १७ वर्षीय सनी कार्कीको सोमबार छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार अरविनले छुरा प्रहार गरेका थिए । जात्रामा भोलेन्टियरका रुपमा खटिएका सोनिया र सन्देशले भूमि र अरविनलाई जात्रा हेर्न न्युरोड बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मदिरा सेवनपछि अरविनको समूह र सनीको समूहबीच विवाद भएको पाइएको छ ।

‘सनिको समूहले हाम्रो एरियामा आएर ठुलो कुरा गर्ने भनेपछि विवाद हुँदा ठकुरीले छुरा प्रहार गरेको देखिन्छ । उनलाई युवतीले छुरा दिएको भन्ने छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । सनी क्षेत्रपाटीमा बस्दै आएका थिए । छुरा प्रहारबाट घाइते भएका सनीको उपचारको क्रममा मनमोहन कार्डियो अस्पताल, महाराजगजमा मृत्यू भएको थियो ।