१६ बैशाख २०८१, आईतवार 1714287368
Banner

एसियाली खेलकुद : कुशल भुर्तेल पनि बाहिरिए

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले कुशल भुर्तेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८.५ ओभरमा भुर्तेललाई व्यक्तिगत २८ रनमा गुमाएको हो ।

जारी खेलको नौ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ६२ रन बनाएको छ । हाल क्रिजमा रहेका कुशल मल्ल १९ र कप्तान रोहितकुमार पौडेल शून्य रनमा छन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।