२९ बैशाख २०८१, शनिबार 1715482174
Banner

एमसीसीकी कार्यकारी अधिकृत एलिसले भेटिन प्रधानमन्त्री दाहाललाई

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी ले भेटवार्ता गरेकी छन् ।

निकै लामो विवादपछि कार्यान्वयनमा आएको एमसीसी कार्यान्वयन भएको एक महिनाभित्रै एमसीसीकी कार्यकारी अधिकृत एलिसु अलब्राइट नेपाल भ्रमणमा छिन् । सोही क्रममा उनले आज प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेकी हुन् ।

एमसीसी भदौ १३ गतेबाट नेपालमा औपचारिक रुपमा कार्यान्वयनमा आएको थियो ।

आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन् ।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ ।

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।