१७ बैशाख २०८१, सोमबार 1714425287
Banner

राहत शिक्षकको आन्दोलनमा सरकारको दमन

काठमाडौं । राहत शिक्षकको आन्दोलनमा सरकारले हस्तक्षेप गरेको छ ।

विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा सरकारले हस्तक्षेप गरेको हो ।

निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लाठीचार्ज गरेको हो ।

शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।