३ जेष्ठ २०८१, बिहीबार 1715913370
Banner

९औं एसियाड : महिला थ्री बाई थ्री बास्केटबलमा नेपालको दोस्रो हार

काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाडमा महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

समूह बीअन्तर्गत देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा बुधबार भएको खेलमा नेपाल कजाखस्थानसँग १७(१० ले पराजित भएको हो ।

यसअघि जापानसँग पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि जितका लागि भने पर्याप्त भएन ।

कजाखस्थानविरुद्ध नेपालकी कप्तान श्रेया खड्का र मीना गुरुङले समान ४ अंक स्कोर गरे भने गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान एक अंक स्कोर गरे ।