२४ बैशाख २०८१, सोमबार 1715056324
Banner

विद्यालय शिक्षा विधेयक संशोधन गर्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक’ लाई संशोधन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकले शिक्षकहरुको जायज माग र भावनालाई सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको बताए ।

उनले भने, ‘विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको वर्षौंदेखिका समस्या समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो ।

अघिल्लो ऐन र कानूनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण विषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नेलगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जनरसंशोधन गर्नुपर्ने विषयहरु छन् ।’