६ जेष्ठ २०८१, आईतवार 1716109621
Banner

आगलागीमा परी घाइते भएका ललितपुरका दुई बालिकाको निधन

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार भएको आगलागीमा परेर घाइते भएका दुई बालिकाको मृत्यु भएको छ ।

उनीहरूको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

आगलागीमा परेर एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।