२५ बैशाख २०८१, मंगलवार 1715074972
Banner

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकारात्मक,आन्दोलन फिर्ता लिने सहमति

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले शिक्षकहरुले आन्दोलन फिर्ता लिने सहमति भएको बताएकी छन् ।

उनका अनुसार सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच गृह मन्त्रालयमा भएको वार्तामा विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो ।

शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको उनले जानकारी दिइन् । सरकारले पेस गरेको सहमतिको प्रस्तावमै केन्द्रित रहेर सहमति भएको शर्माको भनाइ छ ।

आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमतिपत्र तयार गरिएको थियो । यो सहमतिपत्रमाथि गृह मन्त्रालयमा छलफल भएको थियो ।